दफा १९
नियम तथा विनियम बनाउन सक्ने
: (१) यस ऐनको उद्देश्य कार्यान्वयनको लागि समितिले आवश्यक नियमहरु बनाउन सक्नेछ र त्यस्ता नियमहरु नेपाल सरकारबाट स्वीकृत भएपछि लागू हुनेछ ।
(२) प्रतिष्ठानले आफनो कार्य सञ्चालन गर्नको लागि यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमहरुका अधीनमा रही आवश्यक विनियमहरु बनाउन सक्नेछ र त्यस्ता विनियमहरु समितिबाट स्वीकृत भएपछि लागू हुनेछ ।